Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ
काठमाडौं - वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा महानिर्देशक प...

एनआइसी एशिया बैंकको शाखा जुम्लामा

एनआइसी एशिया बैंकको शाखा जुम्लामा
जुम्ला - एनआइसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका–५ जुम्लामा बैंकले आफ्नो शाखा उद्घाटन गरेको हो । जुम्लामा स्थापित नयाँ शाखाको उद्घाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गर्नुभयो । बैंकको उद्घाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक सेवा सुविधा दिने र जुम्ली जनताका लागि यो बैंक थप सहयोगी भएर आएको जनाउनुभयो । न्यून आयस्रो...

घोषणापत्र कार्यान्वयन गरे, आर्थिक समृद्धि सम्भव छ

घोषणापत्र कार्यान्वयन गरे, आर्थिक समृद्धि सम्भव छ
काठमाडौँ, २६ कात्तिक:  मुलुक निर्वाचनमय भइरहेका बेला राजनीतिक दलले आ–आफ्ना मुद्दा (घोषणापत्र) जनतासमक्ष प्रस्तुत गरिहँदा जनतामा आशा र आशंका छाएको छ ।  बारम्बार राजनीतिक क्रान्तिको मुद्दा उठाउँदै आएका राजनीतिक दलले यसपटक आर्थिक समृद्धिलाई मुख्य विषय बनाउनुका साथै आर्थिक क्रान्तिमार्फत मुलुकलाई विश्वसामु परिचित गर्ने प्रतिबद्धता गरेका छन् । यद्यपि मोहन वैद्य तथा नेत्रविक्रम चन्दले नेतृत्व गरेको द...

प्रविधिले खोस्यो रोजगार

प्रविधिले खोस्यो रोजगार
ताप्लेजुङ , २५ कात्तिक : “पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” सिरिजंघा– ७ का धनबहादुर सार्कीले भन्नुभयोे । काम गर्नसक्ने उमेरदेखि नै काठ काटेर गुजारा चलाउँदै आउनुभएका सार्कीको घरमा अहिले खिया लागेको अवस्थामा काठ चिर्ने आरा झुण्डिएको छ । दुई÷तीन वर्षअघिसम्म उक्त आरा उहाँको काँधमा हुन्थ्यो । सार्की घरदेखि एक दिनको पैदलदुरीमा समेत काँ...

धान उत्पादनमा पचास प्रतिशतले कमी

धान उत्पादनमा पचास प्रतिशतले कमी
लहान, २५ कात्तिक : गत साउन भदौमा आएको बाढी पहिरोका कारण सिरहामा यस वर्ष धान उत्पादनमा करिब ५० प्रतिशतले कमी आउने भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार धान रोपाइँको समयमा आएको बाढीपहिरो, धानको वृद्धि विकास हुने समयमा पर्याप्त वर्षा नभएको र रोग किराको प्रकोप समेत बढ्ेकाले गत वर्षको तुलनामा यस वर्ष करिब एक लाख मेट्रिक टन धान कम उत्पादन हुने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका ...

अकुत आर्जनमा तानिए शर्मा, बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली

अकुत आर्जनमा तानिए शर्मा, बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार टोली
काठमाडौँ - कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेस गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले गरेको अनुसन्धानमा उनको २० करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति देखिएपछि उनीमाथि अनुसन्धान थालेको आजको राजधानी दैनिकमा खबर छ ...

फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी
बेँसीशहर/लमजुङ - ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन । बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लाग्नुभएकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर पोखराबाट १५ वर्षअघि बेँसीशहर झर्नुभएकी हुमा शुरुमा एउटा निजी विद्यालयमा पढाउनुहुन्थ्यो । केही ...

पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता

पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने वाम गठबन्धनको प्रतिबद्धता
काठमाडौँ - दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, फुल र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) संयुक्तपमा जनतामा गएको छ । वाम गठबन्धनले तयार गरेको घोषणापत्रमा भनिएको छ, “पाँच वर्षभित्र मुलुकलाई खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याइनेछ । सबैका लागि खाद्य पोषण सुरक्षा प्रत्याभूत गरिनेछ ।” कृष...

कस्ले साँट्दैछ १६ टन सिक्का ?

कस्ले साँट्दैछ १६ टन सिक्का ?
ताप्लेजुङ - प्रसिद्ध धार्मिकस्थल पाथीभरामा थुप्रिएका १६ टन सिक्का साटिने भएको छ । झापा दमकस्थित कन्काइ बिकास बैंकले उक्त सिक्का साट्ने भएको आजको कान्तिपुरमा खबर छ । फुङलिङबाट आइतबार ट्रकमा राखेर त्यता पठाइएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्धृन समितिले जनाएको छ । पाथीभराबाट भालुगौंडेसम्म बोकेर र त्यहाँबाट साना सवारी साधनबाट फुङलिङको हेलिप्याडमा ल्याएर गोदाम गरिएको थियो ।

सार्वजनिक सवारी भाडा बढाउने तयारी

सार्वजनिक सवारी भाडा बढाउने तयारी
 काठमाडौं - नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ । विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको संख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन् । विभागका अ...