आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे छलफल

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे छलफल
काठमाडौँ - वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७७÷७८ को बजेटमा ल्याउने नीति तथा कार्यक्रम सम्बन्धमा उच्चस्तरीय छलफल शुरु गरेको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्षमा मन्त्रालय तथा मातहतका विभाग र निकायले गर्ने कार्यक्रमका बारे...

चालु खाता खर्बभन्दा बढी घाटामा

चालु खाता खर्बभन्दा बढी घाटामा
काठमडौं - मुलुकको चालु खाता रु एक खर्ब एक अर्ब ९० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब छ अर्बले घाटामा रहेको थियो । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड छ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८७ करोड १० लाखले घाटामा रहेको जनाएको छ । समीक्षा अवधिमा पूँजीगत ट्...

डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना

डेपुटी गभर्नरमा मिश्र र ढुङ्गाना
काठमाडौं - सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुङ्गानालाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नरमा मिश्र र ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको हो । यही फागुन १८ गतेदेखि तत्कालीन डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको पदावधि सकिएपछि सो पद रिक्त भएको थियो । रा...

स्वास्थ्य केन्द्रका लागि रु एक अर्ब आठ करोड निकासा

स्वास्थ्य केन्द्रका लागि रु एक अर्ब आठ करोड निकासा
काठमाडौं - अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिनुभएको हो । स्थानीय तहका सबै वडाबाट प्राथमि...

तनहुँ समाचारः नारेश्वर तालमा रु एक करोड मुआब्जा वितरण

तनहुँ समाचारः नारेश्वर तालमा रु एक करोड मुआब्जा वितरण
तनहुँ - व्यास नगरपालिका–१० मा निर्माण गर्न लागिएको नारेश्वर तालका लागि जग्गा अधिग्रहण गरिएका उपभोक्ताहरुलाई नगरपालिकाले रु एक करोड ३७ लाख ६० हजार ५०५ मुआब्जा वितरण गरेको छ । नगरपालिकाले ताल निर्माणका लागि करीब २५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । गत वर्ष र यस ...

धमाधम कालोपत्रे गरिँदै चरीकोट– जिरी सडकखण्ड

धमाधम कालोपत्रे गरिँदै चरीकोट– जिरी सडकखण्ड
चरीकोट - लामोसाँघु–जिरी सडक अन्तर्गत चरीकोट जिरी सडक खण्डको निर्माण समयमानै सम्पन्न गर्न धमाधम कालोपत्र भइरहेको छ । कोरोनाले लामो समयसम्म प्रभावित सडक खण्ड विस्तार तथा निर्माणको काम तोकिएकै समयावधिमा सक्न छिटो काम भइरहेको छ । लामोसाँघु जिरी सडक अन्तर्गत दोलखाको चरीकोटदेखि जिरीसम्मको ५५ किलोमिटर सडक खण्डको विस्तार तथा कालोपत्रको काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ । सडक निर्माण गर्न लामो समयसम्म...

बनेपा समाचार : स्वयंसेविकालाई आँखा रोगबारे प्रशिक्षण

बनेपा समाचार : स्वयंसेविकालाई आँखा रोगबारे प्रशिक्षण
बनेपा - आँखामा लाग्ने रोगका विषयमा सचेतना जगाउने ध्येयले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशिक्षण दिइएको छ । नमोबुद्ध नगरपालिका र रेयुकाइ एईको मासुनागा आँखा अस्पतालद्वारा संयुक्त रुपमा आयोजित तालीमको शुभारम्भ गर्दै नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकालाई मोतियाविन्दु मुक्त नगर बनाउने अभियान सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले उपलब्ध गराएको मोबाइल फोन प्रयोग गरेर गाउँघर...

आधुनिक सडक बत्ती जडान गरिँदै

आधुनिक सडक बत्ती जडान गरिँदै
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले दुई महिनाभित्र बढी प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान कार्य शुरु हुने जनाएको छ । महानगरपालिकाले शहरका मुख्यमुख्य सडकको करीब ६० किलोमिटर क्षेत्रमा आधुनिक सडक बत्ती जडान गर्नका लागि अहिले बोलपत्र आह्वान गरिसकेको छ । आगामी दुई महिनाभित्र प्रक्रियागतरुपमा सबै कार्यसक्ने र बत्ती जडान शुरु हुने महानगरको शहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी ...

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउँदै स्थानीय

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम धाउँदै स्थानीय
फुङलिङ - ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा समयमै सेञ्चुरी बैंकले शाखा स्थापना नगरेपछि स्थानीयवासीले आर्थिक कारोवार गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता खेप्दै आएका छन् । सङ्घीय संरचनामा गएसँगै विसं २०७४ को असार मसान्तसम्ममा सबै पालिका केन्द्रमा आर्थिक कारोवार गर्न बैंकले आफ्नो शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको थियो । त्यसैअनुसार तोकिएको बैंकले स्थानीय तहमा शाखा स्थापना गरेर...

फोन गरेर यसरी पाउनुस् ऋण

फोन गरेर यसरी पाउनुस् ऋण
काठमाडौं - आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । हाल ‘फोन लोन’को सुविधा तीनवटा वाणिज्य बैंकले दिइरहेका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमार...