कस्तो होला तालिवानको नयाँ सरकार

कस्तो होला तालिवानको नयाँ सरकार
काठमाडौं - झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
काठमाडौं - अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा घरेलु टिम ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले यस उपाधि जित्न २८ वर्ष लाग्यो । यसघि अर्जेन्टिनाले सन् १९९३ मा उपाधि जितेको थियो । पहिलो हाफको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाएका थिए ।...

नाइजेरियामा बन्दुकधारीद्वारा १० जनाको हत्या

नाइजेरियामा बन्दुकधारीद्वारा १० जनाको हत्या
काठमाडौं - नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ । उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए । गोली लागेर घटनास्थलमै ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार साँझ सो दुर्घटना भएको ती प्रहरी प्रम...

अमेरिकाले फाइजरको ५० करोड डोज खोप वितरण गर्ने

अमेरिकाले फाइजरको ५० करोड डोज खोप वितरण गर्ने
संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप वितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गरेका छन् ।  कोरोना भाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ ...

फ्रान्सेली राष्ट्रपति म्याक्रोंको गालामा हानियो झापड

फ्रान्सेली राष्ट्रपति म्याक्रोंको गालामा हानियो झापड
पेरिस - फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् ।  बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए । सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएक...

ट्रम्पको फेसबुक अकाउन्ट दुई वर्षलाई प्रतिबन्ध

ट्रम्पको फेसबुक अकाउन्ट  दुई वर्षलाई प्रतिबन्ध
सामाजिक सञ्जाल फेसबुक कम्पनीले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका सबै अकाउन्ट दुई वर्षका लागि प्रतिबन्ध गरेको छ । ७ जनवरी ०२१ देखि लागू हुने गरी पूर्वराष्ट्रपति ट्रम्पका सबै फेसबुक अकाउन्ट प्रतिबन्ध गरेको शुक्रबार विज्ञप्ति जारी गर्दै फेसबुकले जनाएको छ । अब ट्रम्पले ७ जनवरी ०२३ मा फेसबुक चलाउन पाउनेछन् । अकाउन्ट प्रतिबन्ध भएपछि ट्रम्पले सन् २०२४ को नोभेम्बरमा हुने निर्वाचनअघि मात्...

भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने

भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने
हनोई - भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ। भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिउको छ। यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन्। भियतनामका स्वा...

चीनले तत्काल १० लाख डोज खोप नेपाललाई दिने

चीनले तत्काल १० लाख डोज खोप नेपाललाई दिने
काठमाडौं - चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको टेलिफोन संवाद पछि चिनियाँ राष्ट्रपति सी चिनफिनले उक्त प्रतिबद्धता जनाएका हुन् । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट

कोरियाले निर्माण गर्यो आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट
सउल - दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् । उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे न...

प्य्रांक गर्ने युटुबरहरुमाथि कारबाही

प्य्रांक गर्ने युटुबरहरुमाथि कारबाही
जकार्ता - कोरोना सम्बन्धी स्थानीय नियमको उल्लंघन गर्दै ‘फेक मास्क’ लगाएको प्य्रांक गर्ने दुईजना युटुबरहरुलाई इन्डोनेशियाको बालीमा कारबाही हुने भएको छ ।  त्यही प्रयांक भिडियोका कारण अहिले स्थानीय सरकारले जोश पेलेर लिन र लेइआ सेको  पासपोर्ट जफत गरेको छ र अब उनीहरुलाई इन्डोनेशियाबाट आफ्नै देश फिर्ता पठाउनेबारे समेत निर्णय भइरहेको बताइएको छ ।  भिडियोमा पहिले लेइआलाई मास्क नलगाएका कारण...