Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाल चीनको समृद्धिबाट लाभान्वित हुन सकोस्– चिनियाँ राजदूत

नेपाल चीनको समृद्धिबाट लाभान्वित हुन सकोस्– चिनियाँ राजदूत
नेपालका लागि चिनियाँ राजदूत यु होङले चीनको विकास र समृद्धिबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताउनुभएको छ । चीनको बृहत् आयोजना ‘वन बेल्ट वन रोड’ (ओबिओआर) अवधारणामा नेपाल पनि सहभागी भइसकेकाले आगामी दिनमा यसबाट लाभान्वित हुन नेपालले व्यापार, लगानी तथा सम्पर्क सञ्जाललगायत अरु पनि क्षेत्रमार्फत लाभान्वित हुनुपर्नेमा धारणा उहाँले राख्नुभयो । ‘चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेस र चीन नेपाल स...

पहिलो पटक कतारले न्यूनतम तलब तोक्यो

पहिलो पटक कतारले न्यूनतम तलब तोक्यो
दोहा - कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । न्यूनतम पारिश्रमिक तोकेपछी अब कतारमा बैदेशिक रोजगारीमा जाने जो कोहि बिदेशी नागरिकले न्युनतम तोकिएको तलब पाउनैपर्ने हुन्छ । कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल (झण्डै २ सय अमेरिकी डलर) तोकेको हो । कतारी श्रममन्त्री इसा अल नउमीले भने, ‘यदि कुनै पनि रोजगार सम्झौतामा विदेशी कामदारको तलव ७ स...

राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन

राष्ट्रपति भण्डारीबाट दुबई वाटर क्यानलको अवलोकन
  दुबई - राष्ट्रपति विद्यादेवी भण्डारीले दुबई वाटर क्यानलको अवलोकन गरेकी छन् । मानव निर्मित उक्त दुबई वाटर क्यानल (नहर) पुग्दा युएईका शिष्टाचार अधिकारीहरूले उहाँलाई दुबई क्यानल म्यारिनमा स्वागत  गरेका थिए । सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन् ।...

मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य – राष्ट्रपति भण्डारी

मुलुक स्थायीत्वतर्फ उन्मुख भएको विश्वास दिलाउनु भ्रमणको उद्देश्य – राष्ट्रपति भण्डारी
अबुधाबी - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमण गर्नुमा दुई मुलुकबीचको सम्बन्धलाई थप घनिष्ट बनाउने, नयाँ उचाइमा पु¥याउने, दुई मुलुकका जनताको आर्थिक तथा सामाजिक सम्बन्धलाई अझै बलियो बनाउने रहेको बताउनुभएको छ । उहाँले यहाँ कार्यरत नेपाली जनतालाई मुलुक स्थायित्व तथा शान्तिपूर्ण अवस्थातर्फ गएको र मुलुकमै बसी काम गर्नसक्ने वातावरण बन्दै गएको विश्वास दिलाउनु पन...

राष्ट्रपति भण्डारीबाट बुर्ज खलिफाको अवलोकन

राष्ट्रपति भण्डारीबाट बुर्ज खलिफाको अवलोकन
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबईस्थित बुर्ज खलिफाको भ्रमण गर्नुभयो । राष्ट्रपति भण्डारी बुर्ज खलिफा पुग्नुहुँदा उहाँको स्वागतार्थ अरमानी होटेल एन्ड रिसोर्टका शिष्टाचार अधिकारीहरूको उपस्थिति थियो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले भवनको १५२ औँ तलास्थित स्वागत कक्षमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द पनि हुनुहुन्...

क्यालिफोनिया आमहत्या पाँचको मृत्यु

क्यालिफोनिया आमहत्या पाँचको मृत्यु
क्यालिफोनियाको रन्चो तेहामा नामक एक प्राथमिक विद्यालयनजिकै मङ्गलबार भएको आमहत्यामा पाँच व्यक्तिको मृत्यु भएको छ । एक बन्दुकधारीले गरेको जथाभावी गोलाबारीमा परी ती व्यक्तिहरुको मृत्यु भएको बताइएको छ । स्थानीय एक टेलिभिजनका अनुसार विद्यालयको नजिकै अचानक ती व्यक्तिले गोली प्रहार गर्न शुरु गरेका थिए । यद्यपि यस घटनाका आक्रमणकारी प्रहरीको कारबाहीमा मारिएका छन् ।  स्थानीय समयानुसार मङ्गलबार बिहान ८...

अमेरिका जाने नेपाली विद्यार्थी बढे

अमेरिका जाने नेपाली विद्यार्थी बढे
अमेरिकी विश्वविद्यालयहरुमा भर्ना हुनेमा नेपाली विद्यार्थीको संख्या क्रमशः बढेको देखिएको छ । सन् २०१७ को ओपन डोर्स प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयहरुमा भर्ना हुने अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये नेपाली विद्यार्थीको संख्या सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको छ । इन्स्टिच्युट अफ इन्टरनेशनल एजुकेशन र अमेरिकी विदेश मन्त्रालयअन्तर्गतको शैक्षिक तथा सांस्कृतिक मामिलासम्बन्धी ब्युरो...

अमेरिकी विदेशमन्त्री टिलर्सन म्यानमारमा

अमेरिकी विदेशमन्त्री टिलर्सन म्यानमारमा
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन् म्यानमार पुग्नुभएको समाचार छ । म्यानमारमा पछिल्लो समयमा जारी राजनीतिक हिंसाका कारण यहाँको ठूलो संख्याका रोहिङ्गा शरणार्थी भागेर बंगलादेश पुगेका छन् । म्यानमारको राखिन राज्यका मुस्लिम रोहिङग््या शरणार्थी हाल बंगलादेशको कोक्स बजारमा रहेका छन् । उनीहरु करिब साढे छ लाखको संख्यामा त्यहाँ पुगेका छन् । ती शरणार्थी समस्या समाधानका लागि म्यानमारका विदेशमन्त्री ए...

बोल्न नजान्दा नीती शाहको चर्को आलोचना (भिडियो)

बोल्न नजान्दा नीती शाहको चर्को आलोचना (भिडियो)
‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि जितेपछि मोडल नीती शाह ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै जापान पुगिन् । अन्तरराष्ट्रिय प्लेटर्फममा नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीबाट नेपालले पनि ठूलै आशा गरेको हुन्छ । जापानमा आयोजना भएको ‘मिस इन्टरनेशनल’को एक कार्यक्रममा नीती शाहले नेपाली महिलाको बारेमा दिएको बयान अहिले सामाजिक संजालमा विवादस्पद बनेको छ । उनले भनेकी छिन्-‘म नेपालबाट आएक...

मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु
राजविराज - वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक चौधरीका भान...