काठमाडौँ – काठमाडौँ काँडाघारीमा बस्ने ओखलढुङ्गाकी डेढ महिने सुत्केरी विनिता भूजेललाई शनिबार खाद्यान्न र आर्थिक सहयोग हस्तान्तरण गर्ने क्रममा काठमाडौँ निवासी तनहुँका सन्दिप बस्नेत । जर्मनीमा बस्ने धादिङकी आशिका तामाङले आशिका फाउन्ण्डेसनमार्फत उपलब्ध गराएको नगद रु १० हजार र अत्यावश्यक खाद्यान्न गरी रु १४ हजार बढीको सहयोग उहाँले हस्तान्तरण गर्नु भएको छ । गोल्छा अर्गानाइजेसन अन्तरगतको हुलास पावरका महाप्रबन्धक प्रितमकुमार काफ्लेले पनि उहाँलाई आज रु १० हजार सहयोग गर्नुभयो । २१ दिनको सुत्केरीलाई छाडेर श्रीमान देवकुमार सम्पर्क विहिन छन् ।

तस्वीर – नारायण ढङु्गाना

तपाईको प्रतिक्रिया