काठमाडौं – नगरपालिकाभित्र असङ्गठित क्षेत्रका विपन्न मजदूरको रु ५०० योगदान तथा नगरपालिकाले थप गरेको सोही परिमाणको रकम गरी मासिक रु एक हजारका दरले जम्मा गर्ने गरी नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र नगरपालिकाका तर्फबाट नगरप्रमुख पद्यपाणि शर्माले हस्ताक्षर गर्नुभएको छ ।

यस योजनामा सहभागी करीब ७०० असङ्गठित क्षेत्रका विपन्न मजदूरहरुले ६० वर्ष पुगेपश्चात मासिक रुपमा निवृत्तीभरण प्राप्त गर्ने वा साँवा, ब्याज तथा प्रतिफलसहित एकमुष्ठ रकम लिन सक्ने गरी सहभागिता गराइएको छ । यस निवृत्तीभरण योजनाको बंैकिङ सहयोगीको रुपमा एनआइसी एशिया बैंक रहेको छ ।

नगरपालिकाको यस कार्यक्रमलाई एनआइसी एशियाको कुस्मा शाखाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा सहभागी भएका प्रत्येक सहभागीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत कोषको तर्फबाट रु एक÷एक सय उनीहरुको खातामा थप गर्ने कोषका कार्यकारी निर्देशक नेपालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया