संखुवासभा
– एम्बुलेन्स तोडफोड गरेको आरोपमा पाँचखपन ६ निबासी खगेन्द्र मगर पक्राऊ परेको छ ।

मंसिर १ गते बेलुका ९ः ४५ बजे वाना प्राथमिक स्वास्थ्य चौकीको को १ झ ६४३ नम्बरको एम्बुलेन्स तोडफोड गरेको स्वास्थ्य चौकीका निमित्त प्रमुख सुन्दर श्रेष्ठले जानकारी दिए । दुइ वर्ष अघि मात्र उत्त एम्बुलेन्स वाना स्वास्थ्य चौकीले संघीय सांसद राजेन्द्र गौतमको सांसद बिकास कोषको रकमबाट खरिद गरेको थियो । श्रेष्ठका अनुसार तोफोडबाट एम्बुलेन्सको अगाडीको भागको सीसा पुरै फुट्नुका साथै एम्बुलेन्स चल्न नसक्ने अवस्थामा पुगेको छ ।

पक्राउ परेका मगरलाई आवश्यक कारबाही र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले नमस्ते टाइम्सलाई बताए ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!