Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं– सिंगापुरले नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराएसँगै नेपालको टी–२० विश्वकप खेल्ने आशा समाप्त भएको छ।

सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टीट्वान्टी विश्वकप खेल्ने नेपालको सपनामा पनि धक्का लागेको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न असफल भएको छ । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

टस जितेर व्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई १९२ रनको लक्ष्य दिएको थियो। अभिनास बोहोराले सर्वाधिक चार विकेट लिए भने करण केसीले दुई विकेट लिए।

तपाईको प्रतिक्रिया