Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – लिम्बु भाषामा आधारित संस्कृतिकमूलक केःसाङ्ला फिल्म राजधानीको कमल पोखरीस्थित बिग मुभिजमा च्यारिटी शो सम्पन्न भएको छ ।

लोकेन साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई पनि उजागर गरिएको छ ।‘केःसाङ्ला’ फिल्म झापास्थित कमल गाउँपालिकाका मृगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको सहयोगार्थ विशेष च्यारिटी गरिएको निर्देशक लिम्बुले बताए । च्यारिटी शोबाट संकलित रकममध्ये खर्च कटाएर शनिबार नै मृगौलापीडित निर्मललाई १ लाख ६४ हजार २०५ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

प्रमुख अतिथिका रुपमा विग सिनेमा पुगेका सभामुख महराले ‘लिम्बू समुदायको कला र संस्कृति बोकेको फिल्म भएर पनि कसैको सहयोगार्थ च्यारिटी शो गर्नु आफैमा सह्रानीय कार्य भएको बताए ।

फिपरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको यस फिल्ममा देबेन्द्र खापुङको कथा र पटकथा रहेको छ ।

फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, बिशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ भने छायाँकन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ ।

तपाईको प्रतिक्रिया