Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं –  नेपालकै लोपोन्मुख नेपाली मौलिक सारंगी वादक बुकुन गन्धर्वको एकल सारंगी वादन सम्पन्न भएको छ ।

सांस्कृतिक संस्थानद्वारा मासिक रुपमा आयोजित प्रत्येक महिनाको दोस्रो विहीबार प्रस्तुत हुने कार्यक्रमको तेहौँ श्रीङखला अन्तर्रतग बुकुन गन्धर्वले एक दर्जन भन्दा बढी सारंगीका धुनहरु प्रस्तुत गरेका थिए ।

तीन दशक देखि सारंगी वादनमा सक्रिय गन्धर्वले यस अघि पनि थुप्रै एकल प्रस्तुति दिइसकेका उनी अस्ट्रेलिया, जापान , जर्मनी लगायत विभिन्न देशहरुमा भ्रमण गरीसकेका छन् ।

व्यवसायी तथा समाजसेवी भरत वस्नेतको प्रमुख आतिथ्यमा सो सम्पन्न कार्यक्रममा आलाप सारंगीबाट आफ्ना प्रस्तुति शुरुवात गरेका ठट्यौली, रेशम फिरिरि, माकुरी जालैमा आदि जस्ता  धुनहरु बजाएका थिए ।

उक्त कार्यक्रममा कृष्ण गुरुङले हारर्मोनियममा, खड्ग बहादुर बुढा र नरेश प्रजापतिले तबलामा साथ दिएका थिए । कार्यक्रम सञ्चालन भने रमेश विजीले गरेका थिए ।

तपाईको प्रतिक्रिया