Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – लिम्बु भाषमा आधारित संस्कृतिकमूलक केःसाङ्ला फिल्म आउदो बैशाख २१ गते कमल पोखरीस्थित बिग मुभिजमा च्यारिटी शो हुने भएको छ ।

लोकेश साँवा लिम्बू निर्देशित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई पनि उजागर गरिएको छ ।

यसअघि यो फिल्म हङकङमा च्यारिटी शो गरिसकिएको  जनाउँदै उक्त शोबाट उठेको रकममध्ये केही प्रतिशत झापाको कमल गाउँपालिकाका मिगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको उपचारमा सहयोग गर्ने निर्देशक लिम्बुले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिए।

चोकफूङ इन्टरटेनमेन्ट प्रालि र केःसाङला प्रदर्शन समितिद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका पूर्वअध्यक्ष तथा नेकपाका केन्द्रिय सदस्य पासाङ शेर्पाले ‘केःसाङला’ निर्माण टिमको निर्णयलाई प्रशंसनीय भन्दै धन्यवाद दिए ।

त्यस्तै, कार्यक्रममा आदिवासी चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अहिले पनि आदिवासी फिल्म निर्माण गर्नु चुनौती रहेको बताए ।

फिपरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको यस फिल्ममा देबेन्द्र खापुङको कथा र पटकथा रहेको छ ।

फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, बिशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ भने छायाँकन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ ।

तपाईको प्रतिक्रिया