Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – पिंसा र प्रियांशु थापा क्षेत्रीको “बाबा आमा प्रदेशमा” बोलको भिडियो सार्वजकि भएको छ ।

राजधानी फ़िल्मसका चर्चित मोडल संजिब ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा योगेन्द्र थापाले सभापतिको भूमिका निर्वाह गर्नु भएको थियो। दर्जनौको संख्यामा सञ्चारकर्मी तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संचालन सञ्चारकर्मी भागिरथ पोखरेलले गर्नु भएको थियो।

कार्यक्रममा निर्देशक तथा सञ्चारकर्मी माधव खरेल, राजु बोहोरा,भोला अधिकारी,कृष्ण पहाडी,देवेन्द्र कुवंर,पारस थापा क्षेत्री, नविन रानामगर,रमेश सेनचुरी,चक्र साउद, पे्रम शर्मा पौडेल, लोकेन्द्र राउत,कृष्ण बस्नेत,संगित वानीया,जनकराज अधिकारी,महेन्द्र निरौला,सिमरन भट्ट,यम थापा मगर लगायतको उपस्थिती रहेको थियो।

पारस थापा क्षेत्रीको लय,शब्द,संगीतको साथै भिडीयो निर्देशन समेत रहेकोछ। भिडियोमा जनकराज अधिकारीको छायांकन,नरोत्तम पांडेको सम्पादन संगित बानियाँको कलर करेक्शन साथै मनोज ढकालको क्षृंगार रहेको छ । राजधानी फ़िल्मसको युटुव चयानल मार्फ़त सार्वजनिक भएको उक्त भिडियोमा स्वयं पारस,अनिता,प्रयांशु,रिचेल (थापा) क्षेत्रीको अभिनय रहेको छ।

भिडियो…………….

तपाईको प्रतिक्रिया