Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

संखुवासभा– संखुवासभाको चैनपुर नगरपालिकाले दोस्रो मेयर गोल्डकप पुरुष फुटबल प्रतियोगिता गर्ने भएको छ । चैनपुर नगरपालिकाले पत्रकार सम्मेलन गरेर प्रतियोगिता सञ्चालनबारे जानकारी दिएको हो । खेलकुद मार्फत पर्यटन, पहिचान, प्रगति र गरिमा, समृद्धी र एकताको लागी चैनपुर नगरमा भन्ने मुल नाराका साथ १ नं प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुनलागेको हो ।

चैत्र २३ गतेदेखि एक साता सञ्चालन हुने प्रतियोगिताका विजेताले ५ लाख ५५ हजार ५ सय ५५, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ र सेमिफाइनलमा पराजित दुवैटिमले जनही १ लाख ११ हजार १ सय ११ रुपैंया कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने चैनपुकामेयर भरत कुमार खत्रीले बताउनु भयो ।

यस्तै सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकले जनही १० हजार रुपैया प्राप्त गर्नेछ भने सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैंया प्रदान गरिने आयोजकको भनाई छ । प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित गरिने र उनीहरुलाई जनही ५ हजार रुपैंया प्रदान गरिने आयोजकले जनाएको छ ।

चैनपुर नगरपालिकालाई खेलकुद केन्द्रको रुपमा विकास गर्दै स्थानीय युवाहरुलाई खेलकुदमा आकर्षित गर्न, प्रदेश स्तरको रंगशाला निर्माणका लागी पहल गर्न प्रतियोगिता सञ्चालन गरिएको जनाईएको छ।

तपाईको प्रतिक्रिया