Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

थाइल्यान्डको बैंकक्मा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

चीनलाई पराजित गर्दै नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावनालाई कायमै राख्न चाहन्छ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रुपमा देखा परेको छ । चीन अहिले अंक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ ।

चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । नेपालको पनि चार खेलबाट तीन खेलम जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक नै छ । अंक तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड रहँदा दोस्रो स्थानमा भने यूएई रहेको छ ।

 

तपाईको प्रतिक्रिया