Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रचना गरेकाे गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ शनिबार लोकार्पण गरिएकाे छ ।

संग्रहको शीर्ष गीतमा ‘जहाँ म जन्मे जहाँ हुर्की बढेँ, त्यही माटो पानी मेरो भूस्वर्ग’ बोलको गीत विभिन्न सात भाषामा रेकर्डिङ भई सार्वजनिक गरिएको छ । संगीतकार शम्भुजित बास्कोटाको संगीत भरेका छन् भने, नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरले स्वर दिएका छन् ।

गीत लाेकार्पण कार्यक्रममा बोल्दै गीतकार थापाले विभिन्न सात भाषामा गीतिसंग्रह सार्वजनिक हुन सकेकोमा खुसी भएकाे बताएका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक संगठनले आयोजना गरेको कार्यक्रममा गीतकार भूवन पाठक, भक्ति सिटौला र राजेश गिरीको एल्बमसमेत लोकार्पण गरिएको थियाे ।

तपाईको प्रतिक्रिया