Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

सोमबारदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

थाइल्यान्डको बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा छ । नेपालले आजको खेलमा मलेसियालाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

मलेसियाले भने आफ्नो पहिलो खेलमा सोमबार कुवेतलाई ६३ रनले पराजित गरेको थियो । आफ्नो दोस्रो खेलमा नेपाललाई पनि पराजित गर्ने लक्ष्यमा मलेसिया रहेको छ ।

त्यस्तै, दोस्रो खेल २१ तारिखमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।

तपाईको प्रतिक्रिया