Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!
 काठमाडौँ –  एभरेष्ट फेसन होमको आयोजनामा मिस तामाङ २०१९ को ट्यालेन्ट राउण्ड शनिबार राजधानीमा सम्पन्न भएको छ ।
काठमाडौं सहित दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगायत विभिन्न जिल्लाबाट सहभागी भएका छन् । ट्यालेन्ट शो मा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय ,भाषाण र तस्बिर बनाउने कला लगायत विभिन्न कलाहरु प्रस्तुत गरेका थिए ।
भिडियो……
मिस तामाङ २०१९को उपाधिका लागि २३ जना किशोरीहरुले अडिसन राउण्ड पार गदै ट्यालेन्ट सो राउण्ड आईपुगेका हुन । मिस तामाङ २०१९’ को विजेतालाई १ लाख नगद, सिल्बर क्रोउन र गिफ्ट हेम्पर दिईनेछ । त्यस्तै फस्ट रनरअपलाई ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको छ । १० जनालाई भने विभिन्न सबटाईटल अवार्ड प्रदान गरिनेछ ।
आयोजक तथा एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता तामाङले ‘तामाङ समुदायको कला , संस्कृति , भेषभुषा, धर्म र संस्कारलाई संक्षरण तथा प्रबद्धन गर्ने उद्देश्यले यो मिस तामाङ्गको आयोजना गरेको बताइन् ।’ मिस तामाङको फाइनल यात्रा भने अगामी फागुन १८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा हुनेछ ।

 

तपाईको प्रतिक्रिया