Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किरण थापा मगर

सांस्कृतिक संस्थानले हरेक महिनाकाे अन्तिम दिन आयाेजना गर्दै अाएकाे कार्यक्रम “गजल सन्ध्या”काे चाैथाैं शृङ्खलाकाे अायाेजनामा साहित्यकारहरूकाे संस्था अनाममण्डलीकाे पनि साथ रहेकाे थियाे। यस पटक भएकाे गजल सन्ध्यामा गजलकार द्वय डा. घनश्याम परिश्रमी र ज्ञानु विद्राेहीले ७/७ वटा गजल वाचन गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे प्रमुख अतिथिकाे रुपमा राष्ट्रिय सभाकाे माननीय सदस्य खेम नेपाली हुनुहुन्थ्याे भने कार्यक्रमकाे अध्यक्षता एवं स्वागत मन्तव्य संस्थानकाे महाप्रबन्धक राजेश थापाले गर्नुभएकाे थियाे ।

कार्यक्रममा शैलेन्द्र अधिकारीले गजलकारद्वय डा. घनश्याम परिश्रमी र ज्ञानु विद्राेहीकाे परिचय दिनु भएकाे थियाे भने कार्यक्रमकाे शुरुवात गजलकार ज्ञानु विद्राेहीकाे गजलबाट भएकाे थियाे । गजलकार ज्ञानु विद्राेहीले क्रमशः ४ वटा गजल वाचन गरिसके पश्चात डा. घनश्याम परिश्रमीले ४ वटा गजल प्रस्तुत गर्नु भएकाे थियाे । करिव दुई घण्टासम्म चलेकाे कार्यक्रममा साहित्य विधाका थुप्रै साहित्यकार तथा चलचित्रकर्मीहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया