Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किरण थापा मगर

काठमाडाैं – विगतका वर्षहरूमा जस्तै याे वर्ष पनि सांस्कृतिक संस्थानले “वसन्त शास्त्रीय उत्सव – २०७५” काे आयाेजना गरि श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमी मनाएकाे छ । संस्थानकाे महाप्रबन्धक राजेश थापाकाे अध्यक्षता र गीतकार रमेश बि.जि.ले सञ्चालन गर्नु भएकाे कार्यक्रममा प्रमुख अतिथि माननीय गंगा प्रसाद उप्रती रहनु भएकाे थियाे भने अतिथिहरू वरिष्ठ तवला वादक गाेपालनाथ याेगी, वरिष्ठ शास्त्रीय गायक धन ब. गाेपाली, वरिष्ठ सितार वादिका शुशिला अमात्य, वरिष्ठ सितार वादक डा. ध्रुवेसचन्द्र रेग्मी लयागत थुप्रै संगीतज्ञहरू हुनुहन्थ्याे।कार्यक्रममा वरिष्ठ नाटक प्रबन्धक प्रभाकरदेव शर्माले स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।

आयाेजक सांस्कृतिक संस्थानकाे तर्फबाट शास्त्रीय गायन र आमन्त्रीत कालाकारकाे तर्फबाट सुलाचना गाेपालीे र तारा मानन्धरले शास्त्रीय नृत्यकाे प्रस्तुति पश्चात वरिष्ठ तवला वादक गाेपालनाथ याेगीलाई खादा, माला,दाेसल्ला, ताम्रपत्र र ५१०००/- रुपैंया नगद राशीद्वारा अभिनन्दन गरिएकाे थियाे ।

कार्यक्रममा छनाैट समूहबाट गायिकाद्वय राधिका भण्डारी र अमला महर्जनले युगल गायन, नगेन्द्र विक्रम राई गुरु समूहले समूहिक बाँसुरी वादन, रुवी श्रेष्ठले एकल तवला वादन, सुजता बरालले एकल कत्थक नृत्य, आशा थापा र शारदा रसाईलीद्वयले युगल गायन, सुजता वर्माले एकल गायन प्रस्तुत गर्नु भएकाे थियाे भने आमन्त्रीत कलाकारहरूकाे तर्फबाट तारावीर सिंह तुलाधरले शास्त्रीय गायन, अतुल स्मृति गुरुकुलकाे तर्फबाट समूहिक तवला वादन, जीवन आले गुरु समूहबाट सामूहिक बाँसुरी वादन र श्री के.सी. र रविनलाल श्रेष्ठद्वयले शास्त्रीय गायन प्रस्तुत गर्नु भएकाे थियाे ।
सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्ने लेख्ने तथा अन्य काममा पनि सफलाता मिल्छ भन्ने धार्मिक विश्वास रहि आएकाे छ ।

तपाईको प्रतिक्रिया