Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 

काठमाडौं – धादिङ आमघाटमा जन्मिएकी दिविशा शर्मा शुरुमा सपनै – सपनाको शहर २०६४ सालतिर काठमाडौ प्रबेश गरिन् । शुरुमा बैंकको जागिरे बन्ने सपना बोकेर आएका उनी अन्तत कपाल काट्ने पेशामा ठोकिन पुगिन् ।

काठमाडौ मलको तेस्रो तलामा वर्ल्ड अफ हेयर  नामक ब्यूटी सलुन एण्ड मेकअप स्टुडियो (महिला एण्ड पुरुष) खोलेर आफै सञ्चालन गरेको झण्डै पाँच वर्ष भइसक्यो । उनी भन्छिन् ‘कपाल काट्ने काममा जोडिनुको पछाडि खासै त्यस्तो कारण त छैन् सुरुमा ब्युटीपार्लर ट्रेनिङ लिएँ, त्यसबेला फुर्सत हुने बिक्तिकै ब्यूटीपार्लर सिक्ने लहर चलेको थियो त्यसैबाट यो काममा लागे ।’

शुरुमा महिलाको कपाल काट्दै पेशा थालेकी शर्मा बिस्तारै पुरुषको कपाल पनि काट्न थालेकी छन् पार्लरमा काम गर्ने भन्नेबित्तिकै नराम्रो सोचिहाल्ने हामो प्रबृत्ति छ । यो कुरा चाही अलिक दुःख लाग्छ उनी बताउछिन् । काम भनेको ठूलो सानो हुदैन पुरुषहरुको कपाल काट्ने महिला भन्ने बित्तिकै मानिसहरुले हेर्ने दृष्टि पनि नराम्रो नै हुन्छ , श्रम र सीपको सम्मान गर्नुपछ भन्ने उदेश्यले यो कामको थालनी गरेकी हुँ । सलुन सुन्दरी देखि कैचवाली सम्मको यात्रा कस्तो रहयो ? यो पेशामा कतिको चुनौतीहरु छन् ? महिनामा कति कमाउनुहुन्छ ? यही पेशा नै किन रोज्नु भो ? यी र यस्तै विषयमा गरिएको कुराकानी….

भिडियो हेर्नुहोस्….

तपाईको प्रतिक्रिया