Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएइ) विरुद्धको एकदिवसीय क्रिकेट र टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली दिउँसो स्वदेश फर्कंदै छ ।

दुईवटा ऐतिहासिक शृङ्खला जितेकाे नेपाली टोली अपराह्न तीन बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै भव्य स्वागत गरिने कुराकाे जानकारी नेपाली राष्ट्रिय टोलीका व्यवस्थापक रमन शिवाकोटीले दिनु भएकाेछ । नेपाली क्रिकेट टोलीको स्वागतका लागि राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायत पदाधिकारीहरू त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम तय भएको छ ।

घरेलु टोली युएईविरुद्ध नेपालले तीन खेलको एकदिवसीय र तीन खेलकै टी–२० शृङ्खला समान २–१ ले जितेको थियो । दुवै शृङ्खलाको सुरुवाती खेल गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै नेपालले दुई शृङ्खला आफ्नो पक्षमा पारेको थियो । नेपाली टोलीका लागि दुवै शृङ्खला ऐतिहासिक शृङ्खला समेत रहेको थियो । नेपालले पहिलो पटक एकदिवसीय र टी–२० शृङ्खला जितेको हो । सो प्रतियोगितामा नेपालका दुई खेलाडीले विश्व कीर्तिमान समेत बनाएका छन् । रोहितकुमार पौडेल एकदिवसीयमा अर्धशतक बनाउने कान्छा क्रिकेटर बनेका थिए भने उनले भारतका पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर र पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड पनि तोडेका थिए । यस्तै सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने कान्छा खेलाडी बने ।

तपाईको प्रतिक्रिया