Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कास्की – पोखरामा आयोजना गरिएको मिस तामाङको उपाधि कुसुम तामाङले जितेकी छन् । फाइनलमा १४ प्रतिस्पर्धीलाई उछिन्दै पोखरामा आयोजना गरिएको मिस तामाङको उपाधि संगै कुसुमले ५० हजार रुपैयाँ प्राप्त गरिन् ।

उनले ‘बेस्ट पर्सनालिटी’को उपाधि पनि जितिन् । कुसुमले म्युजिक भिडियोमा खेल्ने अवसर पनि पाउने आयोजकले जनाएको छ । २८५५औँ सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराले प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा पोखरा नालामुखकी प्रीति तामाङले फस्ट रनरअपको उपाधि जितिन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । प्रीतिले ‘मिस कन्फिडेन्ट’को उपाधि पनि जितिन् । सेकेन्ड रनरअप भएकी रामेछापकी सजना वाइबाले २० हजार रुपैयाँ पाइन् । उनले ‘मिस ट्यालेन्ट’को उपाधि पनि जितिन् । श्वेता पाख्रिनले ‘मिस पपुलर’ र ‘भ्युवर्स च्वाइस अवार्ड’ जितिन् । उनले १५ हजार रुपैयाँ हात पारिन् ।

प्रतियोगितामा कलाकार तथा पाइलट विजय लामा, नेपालको पहिलो अन्तर्राष्ट्रिय मोडल कोरियोग्राफर प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सहप्रशासकीय अधिकृत तथा पहिलो मिस पोखराका फस्ट रनरअप रजनी केसी, मिस तामाङ नेपालका संयोजक रञ्जिता लामा र गायक, संगीतकार श्यामसुङ तामाङ निर्णायक थिए ।

तपाईको प्रतिक्रिया