Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!
कठमाडौं – युएई विरुद्धको तेस्रो एक दिवसीय खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । कप्तान पारस खड्काले चौथो विकेट लिएका हुन् । यसअघि नेपाली बलरहरु सन्दिप लामिछानेले घुलाम सब्बरलाई १८ रनमा, करन केसीले युएईका चिराग सुरी र सोमपाल कामीले अस्फाक अहमदलाई शून्य रनमा आउट गरेका थिए । टस जितेर नेपालले युएईलाई ब्याटिङको निम्तो दिएको हो । युएई र नेपालबीचको एकदिवसीय सिरिज १–१ को बराबरी अवस्थामा छ । नेपालले युएईलाई हराएमा इतिहासमै पहिलोपटक एकदिवसीय सिरिज जित्नेछ । नेपाली टोली युएईविरुद्धको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तर, शनिबार भएको दोस्रो खेलमा नेपालले युएईमाथि १४५ रनको शानदार जित निकालेको थियो । दोस्रो खेलमा नेपालको ब्याटिङ र बलिङ प्रदर्शन निकै उत्कृष्ट रहेको थियो ।

तपाईको प्रतिक्रिया