Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!
मेलम्ची – प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले ग्रेडमा उच्चतम अङ्क ल्याएर उत्तीर्ण हुनेलाई मात्र शिक्षक बनाइने बताउनुभएको छ । हेलम्बु गाउँपालिका–३ ककनीस्थित पाल्चोक माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव तथा १७औँ अभिभाबक दिवस र भवन शिलान्यास कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उहाँले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकार लागिपरेको छ भन्नुभयो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख गौरीशङ्कर पाण्डेले किताबी ज्ञानसँगै विद्यार्थीलाई वातावरण संरक्षण र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिँदै दुई वर्षभित्र विद्यालय पुनःनिमार्ण गरिसक्ने लक्ष्य लिइएकाले काममा तीव्रता दिन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया