Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – सांस्कृतिक संस्थानद्धारा आयोजित ६ महिने कलाकार प्रशिक्षण कार्यक्रम अन्तर्गत २४ औ समूहका विद्यार्थीहरुले अभिनय , नृत्य, बाद्यवादन , गायनका साथै आ -आफ्ना विधाका कलाहरु प्रस्तुत गरेका छन् ।

नेपाल संगीत तथा नाट्रय प्रज्ञा प्रतिष्ठानका कुलपति एवं सो कार्यक्रमका प्रमुख अतिथि नारायणभक्त श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । नाटक ’फड्के ’ बाट कार्यक्रमको शुरु भएको कार्यक्रममा कलाकारहरुको उत्कृष्ट नृत्य, गायन, वाद्यवादन , अभिनय हेरेर उहाँहरुका अभिभाव, दर्शक र गुरुसम्म खुशी देखिन्थे ।

कार्यक्रममा नृत्यका विद्यार्थीद्धारा कत्थक , शास्त्रीय नृत्य , लोकनृत्य , आधुनिक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै वाद्यवादनतर्फ मादलका विद्यार्थीको मादल वादन, बासुरीका विद्यार्थीले बासुरीका विभिन्न धुनहरु र गायनका विद्यार्थीले गीत प्रस्तुत गरेका थिए । नि. महाप्रबन्धक प्रभाकर शर्माको निर्देशनमा अभिनयका विद्यार्थीहरुले प्रस्तुत गरेको नाटक फट्के झण्डै आधा घण्टा लामो हेरीसकेपछि दर्शकहरु भावुक भएका थिए ।

२४ औँ समूहका विद्यार्थीहरुलाई नाटकतर्फ प्रभाकर शर्माले र नृत्यतर्फ केशवराज राई, मनोज जोशी, शारदा सिल्वालले , गायनतर्फ विपिन घिमिरे, नरसिंलाल श्रेष्ठ , थिर्थराज पोख्रेलले र यसैगरी वाद्यवादमातर्फ मादलमा खर्क बुढा, नरेश प्रजापति र दिपेन्द्र बज्राचार्यले, बासुरीमा कृष्ण गुरुङ र दुर्गा खतिवडाले र सारंगीमा भरत नेपालीले प्रशिक्षण दिनुभएको थियो ।  कार्यक्रम सञ्चालन भने रमेश विजीले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया