Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – एभरेष्ट फेसन होमको आयोजनामा मिस तामाङ २०१९ को पहिलो राउण्डको अडिसन  शनिबार राजधानीमा सम्पन्न भएको छ ।

अडिसनमा दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली लगायत विभिन्न जिल्लाहरुबाट सहभागी भएका थिए ।

सहभागीताको लागि १६ वर्ष देखि २८ वर्ष उमेर समुहको हुनुपर्ने, कम्तीमा ५ फिट उचाई हुनुपर्ने लगायतका योग्यता निर्धारण गरेका छन् ।

मिस तामाङ २०१९’ को विजेतालाई १ लाख नगद, सिल्बर क्रोउन र गिफ्ट हेम्पर दिईनेछ । त्यस्तै फस्ट रनरअपलाई ५० हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ड रनर अपलाई २५ हजार नगद, सिल्वर क्राउन र गिफ्ट हेम्परको व्यवस्था गरिएको छ । १० जनालाई भने विभिन्न सबटाईटल अवार्ड प्रदान गरिनेछ ।

मिस टिन नेपाल २०१५ का फस्ट रनरअप रोजि गीरी , संचारकर्मी कर्म ध्वज लामा, २०१७ का मिस तामाङ पिङ्की घिसिङ, र २०१८ का मिस तामाङ सिमरन घिसिङ पहिलो राउण्डको छनोट कार्यमा निर्णायको भुमिकामा रहेका थिए ।

आयोजक तथा एभरेष्ट फेसन होमका अध्यक्ष रन्जिता तामाङले ‘तामाङ समुदायको कला , संस्कृति , भेषभुषा, धर्म र संस्कारलाई संक्षरण तथा प्रबद्धन गर्ने उद्देश्यले यो मिस तामाङ्गको आयोजना गरेको बताइन् ।’

यो चरणमा छुटेकाहरुलाई अर्को हप्ता फेरी अडिसन लिने भएको छ । मिस तामाङको फाइनल यात्रा भने अगामी फागुन १८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा हुनेछ ।

हेर्नुहोस् भिडियो…………

 

तपाईको प्रतिक्रिया