Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!
काठमाडौं – हिन्दी चलचित्र ‘याराना’ को किशोर कुमारले गाउँनु भएको सुपर हिट गीत गायक आकाश गोर्खालीले कभर गाउँनु भएको छ । उक्त फिल्ममा अमिताभ बच्चन, नितु सिंह र अमजद खान अभिनित चलचित्र अहिले पनि उत्तिकै रूचाइने सुपरहिट गित ‘छुकर मेरेमनको कियातुने क्या इसारा लाइ आकाश गोर्खालीले कभर गाउनुभएको हो । गोर्खालीले आफ्नै स्वरमा चारवटा सोलो एल्बमहरू रेकर्डिङ् गरिसकेका छन् । उहाँ गायक मात्र नभएर एउटा राम्रो गीटाररिस्ट र म्यूजिक एरेञ्जर पनि हुन् । सानै देखि गीत संगीतमा पोख्त गोर्खालीले यो हिन्दी गीत पनि सानै देखि मन परेकोले यो गीत अहिले कभर गाएको बताए ।
उहाँ भन्नुहुन्छ ‘ यो मेरो पहिलो कभर गीत हो, पक्कै पनि आशा छ यहाँहरुले मन पराइदिनु हुन्छ भन्ने कुरामा ।’ आर बी रेकर्डिङ् स्टुडयोमा रेकर्ड भएको गितको मिक्सिङ् चन्दु गोर्खालीले गरेका हुन् भने भिडियो छायाङ्कन तथा सम्पादन मेघराज मगराती गरेका हुन । भिडियो हेर्नुहोस् …………..

तपाईको प्रतिक्रिया