Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!
काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्न नसकेर नवीकरण नभएका औषधि कम्पनीले उत्पादन गरेको औषधि बजारमा धमाधम बिक्रीवितरण भइरहेको पाइएको छ। जिएमपी मापदण्ड पूरा नगरेका कम्पनीबाट उत्पादित औषधि गुणस्तरहीन र सेवन गर्दा स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरूको सुझाव छ। त्यसैले जिएमपी मापदण्ड पूरा गर्न नसकेका औषधि कम्पनीले उत्पादन गरेका औषधि बिक्रीवितरणमा रोक लगाउनुपर्ने उनीहरूले बताएका छन्। बजारमा अहिले जिएमपी मापदण्ड पुग्न नसकेर नवीकरण हुन नसकेका २० भन्दा बढी कम्पनीका औषधि बिक्री भइरहेको आजको नागरिक दैनिकमा खबर छ । देउराली जनता फर्मास्युटिकल्स प्रालि (डिजेपिएल) को डब्लुएचओको जिएमपी प्रमाणपत्रको म्याद २३ अक्टोबर २०१७ मा सकिए पनि मापदण्ड पूरा गर्न नसक्दा नवीकरण हुन सकेको छैन। बजारमा देउराली जनताले उत्पादन गरेका औषधि बिक्रीवितरण भइरहेका छन्। एभरेस्ट फर्मास्युटिकल्स प्रालिको १५ जुलाई २०१४ मा जिएमपी प्रमाणपत्रको म्याद सकिएको हो। उक्त फर्मास्युटिकल्सले जिएमपी मापदण्ड पूरा गर्न नसकेर नवीकरण भएको छैन। एभरेस्ट फर्मास्युटिकल्सका उत्पादन औषधि पनि बजारमा बिक्रीवितरण भइरहेको छ। मार्क फर्मुलेसन प्रालिको जिएमपी मापदण्डको म्याद सकिएको भन्डै पाँच वर्ष हुन लागेको छ। मार्कको जिएमपी प्रमाणपत्रको म्याद १५ जुलाई २०१४ मै सकिएको हो। विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड पूरा गर्न नसक्दा उक्त कम्पनीको जिएमपी प्रमाणपत्र नवीकरण भएको छैन। मार्कले उत्पादन गरेको औषधि पनि बजारमा पाइन्छ। मनोज फर्मास्युटिकल्स वक्र्स प्रालिको विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड प्रमाणपत्रको म्याद सकिएको एक डिसेम्बर २०१४ मै हो। उक्त कम्पनीको जिएमपी मापदण्ड प्रमाणपत्र पनि नवीकरण भएको छैन। तर, सो कम्पनीले उत्पादन गरेको औषधि मार्केटमा आपूर्ति भइरहेका छन्।

तपाईको प्रतिक्रिया