Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौँ – ललितपुर महानगरपालिका–४ बागडोलस्थित फर्निचर पसलमा आज आगलागी भएको छ ।

भारतीय नागरिक विनय गौतमले सञ्चालन गरेको अच्युत पराजुलीको नाममा रहेको सोफा डेकर प्रालिमा आगलागी भएको सानेपा प्रहरी प्रभागका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी गराउनुभयो ।

उहाँका अनुसार आगलागीबाट पसलमा भएका सबै फर्निचर जलेका छन् । विद्युत् विच्छेदन भई आगलागी हुँदा करीब रु ४० लाखको नोक्सान भएको उहाँले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया