Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मिक्लाजुङ  – पाँचथर जिल्लाका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले मेची र कोशी जोड्ने यो सडकले यहाँको समृद्धिको ढोका खोल्ने बताएका छन् ।

मोरङ, धनकुटा, इलाम र पाँचथरका विभिन्न गाउँपालिका तथा नगरपालिकालाई जोड्ने यो सडक कालोपत्रे भइसक्दा चार जिल्लाका बासिन्दाले राहत पाउनेछन् भन्दै एक वर्ष अघि चुनावमा भोट माग्न , आउँदा , यो रवि बजारमा क्याम्पस हनेछ , राँके, रवि, भेडेटार कालोपत्र गर्छौ र घर घरमा उज्यालो प¥याउँछौ भनेको कुरा आज पुरा गरेको बताए ।

भ्याट र पिएससहित रूतीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ लागतमा एक सय किलोमिटर पक्की सडकबन्नेछ । एप्को इन्फ्राटेक प्रालि लखनौ भारतले निर्माण गर्न लागेको उक्तसडक सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेटेटार–रवि–राँकेसडक आयोजनाले कार्यान्वयन गर्नेछ ।

उक्तआयोजना गत मङ्सिर ३ गते सम्झौता भएकामा तीन वर्षभित्र सम्पन्न हुनेछ । सातमिटर कालोपत्रे र दुवैतर्फ एक एक मिटरसहित दुई लेनको सडक निर्माण हुनेठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालि लखनौ भारतका डाइरेक्टर राजु सिंहलेजानकारी दिए । सडक कालोपत्रेका लागि एक्जिम बैंक अफ इण्डियाले ८७ र नेपालसरकारले १३ प्रतिशत लगानी गर्ने जनाइएको छ ।

सो अवसरमा मिक्लाजुङ गाउँपालिकाकाअध्यक्ष अमरराज माखिम र माङ्सेबुङ गाउँपालिकाका उपाध्यक्ष सुनिता सुब्बालेगाउँपालिकाको विकासका लागि प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाएका थिए ।

कार्यक्रममा नेकपाका नेता सुवासचन्द्र नेम्वाङ, संघिय साँसद राजेन्द्र राई, घनश्याम खतिवडा, प्रदेश एक, सरकार प्रमुख शेरधनराई, प्रदेश अर्थ मन्त्री ईन्द्रबहादुर आङवो, जिसस प्रमुख बिष्णुप्रसाद साप्कोटा, इलाम पाँचथरका सांसद तथा पाटीका नेता तथा कार्यकताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया