Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खाँदबारी – मृतक नवजात शिशुसहित प्रहरीले एक महिलालाई पक्राउ परेको छ। संखुवासभाको खाँदबारी नगरपालिका–६ मयममा शिशुको हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीया फूलमाया राईलार्ई पक्राउ गरेको हो।

अवैध गर्भधारण गरी शिशुको हत्या अभियोगमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। उनले बच्चालाई आफैँ मारेको वा मरेको भन्ने यकिन हुन नसकोले थप अनुसान्धन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामसारु मगरले जानकारी दिए।  आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

राईका श्रीमान् टंकमान राईको १७ महिना अगाडि निधन भएको थियो। राईले बच्चा जन्माएर हत्या गरी डोकोमा राखेर फाल्न लागेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीमा खबर गरेका थिए। जानकारी पाएपछि प्रहरीले राईलाई नियन्त्रणमा लिई कानूनी प्रकृयापश्चात शिशुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खाँदबारी लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ती महिलाको जिल्ला अस्पताल खाँदबारी उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया