Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं –  सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामक सुधारगृहमा यौन दुराचार हुने गरेको खुलेको छ । अमानवीय व्यवहार हुने गरेको भन्दै उक्त सुधारगृहबाट प्रहरीले शुक्रबार २१ जनालाई उद्धारसमेत गरेको थियो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पीडितको उजुरीपछि सुधारगृहमा यौन दुराचारसमेत हुने गरेको खुलेको हो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले सुधारगृहका कर्मचारी ३६ वर्षीया सुदीप ढुंगानालाई पक्राउ गरेको छ । उनले नौ महिनादेखि सुधारगृहमा रहेका १४ वर्षीय बालक र २१ वर्षीय युवकलाई यौन दुराचार गर्दै आएका थिए । प्रहरीले ढुंगानाविरुद्ध बाल यौन दुराचार मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाएको आजको नयाँ पत्रिकामा खबर छ ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले सुधारगृहमा यौन दुराचार हुने गरेको भेटिएको बताए । ‘अमानवीय व्यवहार गरिएको भन्दै सुधारगृहविरुद्ध उजुरी परेपछि हामीले २१ जनालाई उद्धार ग-यौँ । अनुसन्धान गर्दै जाँदा सुधारगृहमा यौन दुराचार हुने गरेकोसमेत खुल्यो । सुधारगृहका एक कर्मचारीले नौ महिनादेखि एक बालक र अर्का युवकमाथि यौन दुराचार गर्ने गरेको खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया