Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अविन

काठमाडौं – कवि टीका आत्रेयले सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर )मा एक दर्जन कविताकमा स्वर उचाल्नु भयो । आत्रेयको कवितामा महिला भएर यो धर्तिमा जन्मनु नै ठूलो दुर्भाग्य भएको र समाजबाट एउटी नारी कसरी शोषित हुन्छे भन्ने कुरा चित्रण गर्न खोजेको थियो ।

उहाँलाई कविता वाचनमा रुपक अलंकार , इन्दु अंशु र स्वीकृती काफ्लेले साथ दिनु भएको थियो । संस्थानका महाप्रबन्धक राजेश थापाले यो संस्थाले वाद्यवादन, साहित्य, गायन, ललितकलालाई पनि समेट्दै प्रतिभालाई मञ्च दिएको जानकारी दिनुभयो ।

सो अवसरमा राष्ट्रिय सभाका सदस्य खेम नेपालीले समाजमा भएका वास्तविकतालाई कविले अत्यन्तै सरल भाषामा कवितामा उत्तार्न सक्नु नै उनको ठूलो खुवी रहेको बताए ।

कार्यक्रमको प्रमुख अतिथि रहेका परराष्ट्र मन्त्री (साहित्यकार) प्रदीप ज्ञावलीले कवि आत्रेयको कवितामा मानविय चेत, बर्गीया चेतना रहेको र मानविय आदर्शयुक्त एक अभियन्ताको रुपमा बहुआयामिक व्यत्तित्व भएको बताए ।

कार्यक्रम सञ्चालन रुपक अलंकारले गरेका थिए ।

भिडियो….

तपाईको प्रतिक्रिया