Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – थाइल्याण्डमा जारी एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत समूह ‘बी’को दोस्रो खेलमा नेपालले भारतलाई २–० ले पराजित गरेको छ।

पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जीवितै राख्न आजको खेलमा जित्नैपर्ने दबाब थियो। थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा सम्पन्न खेलमा नेपालको जितमा दुवै गोल स्ट्राइकर रेखा पौडेलले गरेकी थिइन्।

जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडन सफल भएको छ । नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो ।

तपाईको प्रतिक्रिया