Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जन्मिदा एउटा नाम हुन्छ, करियर अघि बढ्दा धेरैले आफ्नो पहिलो परिचय नै बदल्छन् । रंगीन दुनियाँमा पनि यस्तै छ धेरै कलाकर्मीको कथा, नेपालीदेखी बलिउडसम्म जसले नाम परिवर्तन गरेर चर्चा पाए र हिट बने ।

थाहा पाउनुहोस, नाम परिवर्तन गरेर चर्चामा आएका अनि हिट बनेका बलिउड कलाकार ?
सलमान खानको जन्मिदाको नाम अब्दुल राशिद सलीम हो तर यो नामले केहि गरेन । उनि सलमान बनेरै चर्चामा आए । अहिले बलिउडमा सुपरस्टारको दर्जामा छन् । बलिउड हिरोईन प्रति जिन्टाको नाम पनि प्रितम जिन्टा थियो ।

अहिले प्रिति नामले नै उनि चर्चामा छिन् । अर्की हिरोईन शिल्पा सेट्ठीको खास नाम अश्विनी सेट्ठी हो भने अक्षयकुमारको नाम राजिब हरिओम हो । त्यस्तै अजय देवगनको खास नाम विशाल देवगन हो ।

ढिसुमु हिरो जोन अब्राहमको नाम पनि फरहान अब्राहम हो भने ज्याकी श्राफको खास नाम जयकिशन काकूभाई श्राफ हो । यस्तै, अभिनेता जितेन्द्रको नाम रवि कपुर हो ।– एजेन्सी

तपाईको प्रतिक्रिया