Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कृष्ण सुनुवार,काठमाडौ । भर्खरै थाइल्यान्ड र सिंगापुरको सामुन्द्रीक सिमानामा एक भव्य समारोहका बीच सम्पन्न नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड -२०१८ मा गीतकार लक्ष्मी प्रसाद सोतिले सर्वोत्कृष्ट गीतकारको अवार्ड हातपारेका छन् । बक्स अफिस ईन्टरनेशनल ग्रुप द्वारा प्रस्तुत गिनिज बूक वर्ल्ड रेकर्डधारी उक्त अवार्ड समारोह पानी माथी सामुन्द्रीक जहाज (Cruise) भित्र सयौं कलाकर्मी,केही पत्रकार र समाजका अन्य लब्ध प्रतिष्ठित ब्याक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

लक्ष्मीपूजाको दिन जन्मिएकै कारण लक्ष्मी प्रसाद नाम राखिएका उनी साहित्य र गीत/संगीतमा निरन्तर कलम चलाउँदै आएका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद बाट नवलपरासी जिल्लाको सर्वोत्कृष्ट युवा घोषित भइ नगद पुरस्कार सहित सम्मानित भएका सोतिले अन्तर्राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलनमा नेपालको तर्फबाट दक्षिण एसिया स्तरको ज्योतिष विद्यामा “ज्योतिष भूषण” अवार्ड प्राप्त गरि नेपालको शिर उच्च पारेका थिए । भुकम्प प्रतिरोधात्मक घर निर्माण अभियानमा समेत सक्रिय उनी सिभिल इन्जिनयर मात्र नभएर वास्तुशास्त्र अनुसार घर निर्माण गर्नुपर्छ भन्ने कुडाल ज्योतिष एवं वास्तु विध पनि हुन् ।

स्कुल जिवनमै लम्जुङ जिल्ला स्तरिय कविता प्रतियोगितामा प्रथम भएका उनी वहुप्रतिभाशली ब्याक्तित्व हुन् । लम्जुङ जिल्लाको वुन्छामा जन्मिएर आफ्नो साहित्य यात्रा शुरु गरेका उनी हाल गैंडाकोट नगरपालिका कार्यालय,नवलपुरमा कार्यरत कर्मचारी हुन् । सिंगापुरमा भएको अवार्ड कार्यक्रममा लोकप्रिय पब्लिक भोट र जुरि मुल्यांकन दुबैलाई आधार बनाईएको थियो । उक्त अवार्डमा मोफसल तर्फको सर्वोत्कृष्ट गीतकार विधामा “मदानिको घ्यु…” बोलको गीत बाट अरु प्रतिस्पर्धिहरु लाई पाखा लगाउँदै गीतकार सोतिले अवार्ड हात पारेका हुन् । अस्ति असोज २० गते शनिबार साँझ अबेर गरि शुरु भएर मध्यरात सम्म चलेको उक्त गिनिज बूक वल्ड रेकर्डमा नाम लेखाईएको अवार्डको कार्यक्रम समुन्द्र माथी चलिरहेको पानी जहाजमा भएको थियो ।

तपाईको प्रतिक्रिया