Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – सन २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तर्गतको खेलमा नेपाल अहिले सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसिया क्वालालम्पुरको बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि सिंगापुर ब्याटिङ गरिरहेको छ ।

७ ओभरको खेल सकिँदा सिंगापुर ४१ रन बनाएर खेलिरहेको सिंगापुरको नेपालले ३ विकेट लिएको छ । हालसम्म सोमपाल कामीले २ र सन्दीप लामिछानेले १ विकेट लिएका छन् ।

७ टोली सम्मिलत प्रतियोगितामा नेपालसँगै सिंगापुर पनि अपराजित छ । नेपालले पनि यसअघिका पाँचै खेलमा फराकिलो अन्तरको जित हात पारेको छ भने । सिंगापुरले पनि शतप्रतिशत नतिजा निकालेको छ ।

नेपाल र सिंगापुर दुवै अन्तिम चरणको एसियाली छनोट प्रतियोगिताका लागि छनोट भइसकेका छन्।

तपाईको प्रतिक्रिया