Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 

काठमाडौं – पूर्वका चर्चित युवा गायक तथा संगीकार साजन राईको एकल साँझ राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ ।

समृद्धिका लागि सास्कृतिक अभियानका साथ गणेश रसिक फाउन्डेसनको सह आयोजनमा सो कार्यक्रम सपन्न भएको हो । पुर्बको बिराटनगरबाट आफ्नो गायन यात्रा शुरु गरेका गायक राइले सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिइसकेका छन् । उनका ‘सेक्रेट हार्ड, तराना, पर्खाइ, कान्छी गरी पप र आधुनिक विधामा चारवटा सोलो एल्बम निस्किसकेका छन् ।

उक्त कार्यक्रमा प्रत्यक्ष बाद्यबदनका साथ ‘नेपाली नेपाली’ बोलको गीतबाट आफ्ना प्रस्तुती शुरुवात गरेका राईले डेढ दर्जन भन्दा बढी गीतहरु प्रस्तुत गरेका थिए । तीन घन्टा लामो चलेको कार्यक्रममा उनलाई श्रेयसी चेम्जोङ, राधा राई, लक्ष्मण लिम्बु र विक्रम लिम्बुले गायनमा सघाएका थिए । गायक राइलाई बेश गितारमा दिमक थापा, किबोर्डमा शीला बहादुर मोक्तान, तबलामा भरत बुढाथोकी मगर, ढोलकमा सुधिर चौधरी , मादलमा पोषण गर्तिमगर , गीतार लीडमा संजीव लिम्बु, गीतार रिदममा आकाश गोर्खाली , बासुरीमा रत्न वि.क. र अक्टोप्याडमा शशी भुषण भट्टराई लगायतले साथ दिएका दिए ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पुर्व प्रधानमन्त्री झलनाथ खनालले हरेक दिनमा साँझ आउँछ तर आजको यो साजन राई साँझ अरु दिन भन्दा विल्कुलै फरक साँझ भएको बताए । देशलाई समृद्धि बनाउनका लागि सांकुतिक अभियान पनि जरुरी रहेको बताउँदै साजन राई एउटा ऊ आफैमा गायिकीपनमा हुनु पर्ने गुण भएको बताए । कार्यक्रम सञ्चालन अमृत खाती र जानु आलेले गरेका थिए भने संगीत संयोजक अशोक राईले गरेका दिए ।

 

तपाईको प्रतिक्रिया