Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मुम्बई – बलिउड अभिनेत्री तनुुश्री दत्तले आफूमाथि यौन दुर्व्यवहार गरेको खुलासा गर्न थालेपछि चर्चामा छिन् ।

उनले निर्देशक विवेक अग्निहोत्रीले फिल्म चकलेटको एक गीत सुटिङ भइरहेका वेला कपडा उतारेर डान्स गर्न निर्देशन दिएको आरोप लगाएकी छिन् ।

गीतमा तनुश्री र इरफानले अभिनय गरेका थिए । सुटिङका दौरान निर्देशक विवेकले उनलाई इरफानका अगाडि क्युज दिन भने । उनले भनिन्, ‘उक्त सिनमा मेरो आवश्यकता थिएन । तैपनि, विवेकले भने, ‘कपडा फुकाल र उसको अगाडि नाच ।’सुटिङका वेला इरफान र सुनील सेट्टी दुवै त्यहाँ उपस्थित थिए ।’

इरफानले तनुश्रीलाई असहज पाएपछि विवेकलाई तत्काल भने, ‘मलाई थाहा छ, कस्तो अभिनय गर्नुपर्छ, मलाई क्युजको आवश्यकता छैन ।’ त्यसपछि सुनील सेट्टी पनि तनुश्रीको समर्थनमा उत्रिए । सुनीलले विवेकलाई भने, ‘म त्यहाँ आएर तँलाई दिऊँ क्युज ?’

डिएनएलाई दिएका अन्तर्वार्तामा तनुुश्रीले इरफान र सुनीलको तारिफ गरेकी छिन् । एजेन्सी

तपाईको प्रतिक्रिया