Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – बिश्व मानव उत्थान तथा मेलमिलाप संघले एक बृद्ध आश्रममा पुगेर नगद सहित लताकपडा , फलफुल जुस आदि बितरण गरेको छ ।

काठमाडौंको सान्तिनगर स्थित नि.सहाय सेवा सदनकमा जम्मा ३७ जना बृद्धाहरुलाई एक –एक थान लत्ताकपडा सहित केही नगद पनि प्रदान गरेको छ ।

समाजमा केही गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले यो कार्यको थालनी गरेको संस्थाका अध्यक्ष काजी लिम्बुले बताए । उनले भने ‘अनावश्यक खर्च गर्नु भन्दा अपांग बृद्वाहरुलाई आफ्नो संस्थाको तर्फबाट सहयोग गर्न पाउँदा हामी एकदमै खुशी छौ , बिश्व मानव उत्थान तथा मेलमिलापले निश्वार्थ भावनाले आफ्नो संस्था दर्ता भए पछि यो पहिलो पटक बृद्धाहरुबाट आर्शिबाद लिदैे यो कार्यको थालनी गरेका हौँ । ’

भिडियो हेर्नुहोस् ………………………..

तपाईको प्रतिक्रिया