Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – गायिका सहिमा श्रेष्ठ र गायक सन्दीप न्यौपानेको स्वरमा ‘ढिँकीच्याउँ’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका श्रेष्ठको युट्युब च्यानलबाट ‘ढिँकीच्याउँ’लाई रिलिज गरिएको हो । गीतमा संगीतकार गोविन्दमधुर आचार्यले संगीत दिएका छन् । एरेञ्ज पनि आचार्यले नै गरेका हुन् ।

शब्द गायक न्यौपाने आफैले लेखेका छन् । लोक आधुनिक लयमा रहेको यो गीतमा नायिका एवम् मोडल खुस्बु खड्काले मोडलिङ गरेकी  छन् । खुस्बुलाई ‘नेपाली ठिटोज् एण्ड टिम’ले साथ दिएका छन् ।

सुनील क्षत्रीको निर्देशन, टंक केसीको छायँकन र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

भिडियो……………………….

तपाईको प्रतिक्रिया