Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शीरै फूल शीरबन्दी शीरै माथी सीउरेको
शीर फूल लगाउने सोल्टीनी मन साह्रै पो परेको

ढाका टोपी शीरैमाथी ढलक्कै हो ढल्केको
टोपी लगाउने सोल्टी ज्यू मन साह्रै पो परेको

काठमाडौं – बि बी लिम्बू र सुनिता थेगिम लिम्बूको स्वरमा रहेको ‘शिरै फूल शीर बन्दी’ लोक पुर्वेली भाकामा रहेको गीतको रेकर्डिङ्ग आज सपन्न भएको छ ।

‘धरान काठमाडौं ’ ‘हावा सरर’ ‘बज्यो लौ हरन’ ‘ धानैमा नाचु सोल्टेनी’ ‘के छ समाचार’ जस्ता गीतहरुबाट दर्शक स्रोताको अपार माया बटुल्न सफल शब्द/ संगीतकार जीत लिम्बूको आज ‘ शीरै फूल शीर बन्दी’ बोलको गीतको रेकर्डिङ्ग भएको छ । एउटा सफल क्यामेरामेन र इडिटर समेत रेहेका बि बी लिम्बू र पछिल्लो समय एउटा गायिकीपनमा छुट्टै पहिचान बनाउन सफल व्यस्त गायिका सुनिता थेगिम लिम्बूको आवाजमा सो गीत आज रेकर्डिङ्गको काम सम्पन्न भएको छ । कोरसमा भने सुनिता थेगिम लिम्बू, बि बी लिम्बू र गंगा फियाकले गाएका छन् ।

शब्द /संगीत जीत लिम्बूको रहेको छ भने एरेञ्ज गायक तथा संगीतकार कृष्ण भक्त राइको रहेको छ ।  यो गीतको म्यूजिक भिडियो छिट्टै Rainbow Rays Media बाट सार्वजनि हुनेछ ।

भिडियो हेर्नुहोस् ..रेकर्डिङ्गको रिर्पोट Promo…….

 

तपाईको प्रतिक्रिया