Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 काठमाडौं – एक महिना देखि उपचारार्थ भवानी राइलाइ अमेरिकाबाट कमला लिम्बुको नेतृत्वमा सहयोग प्रदान भएको छ ।

स्थाइ घर संखुवासभा चैनपुर नगरपालिका –१ (पोक्लाबाङ) हाल काठमाडौं बस्दै आउनु भएका भवानी राई केही महिना अगाडि घरको काम गर्ने सिलसिलामा लडेर सिनामंगलस्थित K.M.C. अस्पतालमा उपचारार्थ हुनुहुन्छ । उहाका लागी सहयोग रकम आउने क्रममा स्थाइ घर संखुवासभा चैनपुर नगरपालिका -१  हाल अमेरिका बस्दै आउनु भएका कमला लिम्बुको नेतृत्वमा रु ५६५८२ ( छप्पन्न हजार पाँच सय बयासी) पठाएको छ ।

रकम पठाउँनेहरुको नामावालीहरु…….

उक्त रकम भवानी राई सहयोग संकलनका संयोजक M.B.लिम्बु , चैनपुर नगरपालिकाका प्रमुख भरत खत्री र नमस्ते टाइम्सका सञ्चालक जीत लिम्बुले संयुक्त रुपमा  सिनामंगलस्थित K.M.C.अस्पताल पुगेर आज हस्तान्तरण गरेको छ । त्यसै गरी जीत लिम्बुले रु ५००० (पाँच हजार) सहयोग हस्तान्तरण गरेको छ । भवानी राईलाई उपचारका लागि अहिले सम्म यो रकम बाहेक विभिन्न व्यक्तिहरु संग संकलन गरेको लगभग ६० (साठी हजार) उठेको र हाल सम्म बिरामीको लागि खर्च दुई लाख उन्नाइस हजार भएको सहयोग संकलनका संयोजक M.B. लिम्बुले बताए ।

भिडियो………………………..

तपाईको प्रतिक्रिया