Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – संविधान दिवसका दिन ३ असोजमा प्रदेश सरकारले वृक्षरोपणको तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को २८ भदौमा बसेको बैठकले वृक्षरोपणलगायत कार्यक्रम बनाएको हो ।

तर, सत्तामा सहभागी दल राजपाले भने कालो दिवस मनाउने तयारी गरेको आजको नयाँ पत्रिकामा खबर छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिलामन्त्री विजय यादवले पार्टीको निर्देशनअनुसार आफूहरूले विरोध दिवस नै मनाउने बताए । वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनबाट राजपाले सडक, सदन र सरकार तीनै स्थानबाट संघर्ष गर्ने नीति लिएकाले आफूहरू पनि विरोध सभामा सहभागी हुने बताए ।

तपाईको प्रतिक्रिया