Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं  – आज राष्ट्रिय बाल दिवस , सुखी नेपाली समृद्ध नेपाल: बाल अधिकार सबैको सरोकार भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिबद्धता र जनचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना भैरहेका छन् ।

पहिले भदौ ४ गते मनाइने गरिएको बाल दिवस लोकतन्त्र आएपछि भदौ २९ मा मनाउन थालिएको हो । मानव अधिकारको क्षेत्रभित्र बाल अधिकारलाई समावेश गर्न धेरै वर्ष लागेको थियो । पश्चिममा औद्योगिक क्रान्तिको प्रारम्भिक समयमा बालकलाई एउटा सम्पत्तिको रुपमा लिइन्थ्यो ।

सन् १९२४ मा लिग अफ नेशनले पारित गरेको घोषणापत्रमा बालबालिकालाई चोटबाट मुक्ति र अरु भौतिक आवश्यकता बारे उल्लेख गरेको भएपनि बालअधिकारलाई मानव अधिकारको रुपमा औपचारिक रुपमा सन् १९४८ को विश्व मानव अधिकार घोषणा पत्रले स्वीकारेको थियो ।

बालअधिकारको बारेमा चर्चा गर्दा बाल अधिकार सम्बन्धी महासन्धि १९८९ लाई महत्वपूर्ण दस्तावेजको रुपमा  लिइन्छ जसले बालबालिकाको अधिकारको संरक्षण र सम्बर्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

अहिलेसम्म विश्वका सबै भन्दा बढी राष्ट्रले एकै पटक अनुमोदन गरेको महासन्धि नै बाल अधिकार सम्बन्धी महासन्धि हो ।

तपाईको प्रतिक्रिया