Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 काठमाडौं – गायिका अमृता लुङ्गेली मगरको स्वरमा तीज गीत ‘राम्री हुने गाजलुले हो’ सार्वजनिक भएको छ ।

अमृता लुङ्गेली मगर र साबित्रा बस्नेत भुजेलको संयूक्त तीजभाका अमृता लुङ्गेली मगरको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 लुङ्गेली मगर गायनमा मात्र सिमित छैनन् । आफ्नो गीतमा आफैं अभिनय पनि गर्छिन् । १५० भन्दा बढी गीतमा स्वर दिएकी अमृताको पहिलो गीत २०६५ सालमा रेकर्ड भएको थियो । कति राम्री ‘बोलको गीतमा बिरु लामा र अमृताले स्वर दिएकी थिईन् । उनी अहिले यसै लोक संगीतमा ब्यस्त रहेकी छन् । नेपालका मेला महोत्सवहरुमा त यसै ब्यस्त रहने गायिका बिदेशका कार्यक्रममा पनी जाने आउने गरिरहेकी छन् । अहिलेसम्म गायिका अमृता लुंगेली मगर युरोप तथा एसिया गरेर कम्तिमा १० वटा भन्दा बढी देशमा पुगिसकेकी छन् ।

शान्तिप्रियाको शब्द तथा सन्तोस श्रेष्ठको संगीत रहेको उक्त गीतमा साबित्रा बस्नेत भुजेलको अभिनय रहेको छ । स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको गीतका दृश्यहरु सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका हुन भने प्रकाश धमलाले भिडियो सम्पादन गरेका हुन ।

भिडियो हेर्नुहोस् …………………..

तपाईको प्रतिक्रिया