Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – संविधान संशोधन गरेर बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गर्दै अधिकारकर्मी महिला र पुरुषले कपाल मुण्डन गरेका छन् ।

रिपोटर्स क्लव नेपालमा एक पत्रकार सम्मेलन गरी अधिकारकर्मीहरुले जब सम्म फासीको सजाय हुदैन तब सम्म आन्दोलन जारी रहने जानकारी गर्दै कपाल मुण्डन गरेका थिए ।

यसरी कपाल मुण्डन गर्नेमा अधिकारकर्मी साबित्री सुवेदी, प्रकाश गौतम, जितेन वान्तवा, ङावाङ नुरि शेर्पा, किशोर बुढाथोकी र हरी प्रसाद दुलाल रहेका छन् ।

भदौ २ गते माइतीघर मण्डलामा पेटीकोट लगाएर आन्दोलन गरेका अधिकारकर्मीले नयाँ नयाँ तरिकाले आन्दोलन गरिरहेका छन् ।

भिडियो……………………………….

तपाईको प्रतिक्रिया