Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काठमाडौं – नीलम कार्की निहारिकाको ‘योगमाया’ काव्यले ‘मदन पुरस्कार–२०७४’ पाउने भएको छ ।

मदन पुरस्कार गुठीको साधरण सभा बैठकले २०७४ को मदन पुरस्कारका निम्ति उत्कृष्ट आठ ओटा पुस्तकहरूको सूचीमा परेको मध्ये निहारिकाको ‘योगमाया’लाई मदन पुरस्कारका प्रदान गर्ने निर्णय गरेको हो ।

मदन पुरस्कार गुठीले ‘बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय’ शान्तदास मानन्धरज्यूलाई वर्ष २०७४ को जगदम्बा-श्री तथा ‘योगमाया’ पुस्तकका लागि नीलम कार्की निहारिकालाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ।

मदन पुरस्कार–२०७४ का लागि योगमायासहित कैरन, नथिया, पाठशाला, भुइयाँ, यार, लिम्बुनी गाउँ र हिमाली दर्शन उत्कृष्ठ ८ पुस्तकका रुपमा छनौट गरिएको थियो । यसअघि २०७३ सालको मदन पुरस्कार घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यले पाएको थियो ।

यस्तै, ‘बाल साहित्यको विकास, विस्तार र प्रर्वधनमा पाँच दशकदेखि सक्रिय’ शान्तदास मानन्धरलाई जगदम्बा श्री पुरस्कार–२०७४ प्रदान गर्ने निर्णय गुठीले गरेको छ । यी दुवै पुरस्कारको राशी २/२ लाख रहेको छ ।

तपाईको प्रतिक्रिया