Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

 काठमाडौं – संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ ।

आफ्नै भाई २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई ताकेर हानेको गोलीले लाग्दा मादी नगरपालिका ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । भाई रत्नबहादुर र उनका दाई आइतबार राति शिकार खेल्न निस्केका थिए ।

उनिहरु स्थानीय फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए । रत्नबहादुरले मृगलार्इ चलाएको गोली हस्तबहादुरको निधारमुनी लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक,, ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको १० वटा टुक्रा, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीको भनाइ छ । घटाबारे थप अनुसन्धान गरीने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया