Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

झापा – पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार दुवै जनालाई मेचीनगर–६ स्थित भन्सार गेट अगाडिबाट पक्राउ गरिएको हो ।

प्रहरीले सतिसको साथबाट रु ३३ हजार र हितेसको साथबाट रु १७ हजार नेपाली नक्कली नोट बरामद गरेको छ । दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

तपाईको प्रतिक्रिया